Advertisement Banner
Advertisement Banner

२२ बुधबार, जेठ २०८२30th May 2025, 11:39:34 am

पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमण सकेर स्वदेश फर्किंदै

२० सोमबार , जेठ २०८२२ दिन अगाडि

पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमण सकेर स्वदेश फर्किंदै

आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ९ दिने चीन भ्रमण सकेर स्वदेश फर्किंदै छन् । उनि अहिले साढे १० बजे त्रिभूवन अर्न्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उनकाे सचिवालयले जनाएको छ ।

एमाले पूर्वउपाध्यक्ष समेत रहेकी पूर्वराष्ट्रपति भण्डारी पार्टीको समेत प्रतिनिधित्व गर्दै जेठ १० गते चीन प्रस्थान गरेकी थिइन् । पूर्वराष्ट्रपति भण्डारीले चीनमा रहेकाे बेला उच्चस्तरीय भेटवार्ता गरेकी थिइन् ।

शनिबार भण्डारीले गान्सु प्रदेशमा चिनियाँ उपराष्ट्रपति हान चेङसँग भेटवार्ता गरेकी थिइन भने हान चेङ चीन सरकारको दोस्रो बरियता र चिनियाँ कम्युनिष्ट पार्टीको आठौं बरियताका नेता समेत हुन् । त्यसअघि भण्डारीले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओसँग भेटवार्ता गरेकी थिइन ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट्ने तयारी रहेपनि भेट नभएकाे बताइएकाे छ । भेटवार्ता र सम्बोधनमा भण्डारीले एमाले नेताको हैसियतमा आफूलाई प्रस्तुत गरेकाे र चिनियाँ पक्षले पनि कम्युनिस्ट शक्तिहरुलाई मिलाएर अघि बढ्न र नेपालको नेतृत्व गर्न भण्डारीलाई सुझाव दिएकाे बताइएकाे छ ।