
यातायात व्यवसायीले गरेको बन्दका कारण सार्वजनिक यातायात ठप्प हुँदा सर्वसाधारण मारमा परेका छन् । व्यवसायीले गरेको बन्दका कारण देशभर सार्वजनिक यातायातका साधन बन्द हुँदा सर्वसाधारण मारमा परेका हुन् ।
अहिले देशभर सार्वजनिक यातायातका साधन बन्द भएका छन् । यातायात व्यवसायीले आफ्ना गाडी बसपार्कमा थन्क्याएका छन् भने सडकमा निजी सवारीसाधन केहि मात्रमा चलेको देखिन्छ ।
केहि बसस्टपहरूमा यात्रु गाडीको प्रतीक्षा गरिरहेका छन भने कोही ‘पठाओ’ चढेर र कोही पैदलै हिँडेर गन्तव्य तर्फ गइरहेका देखिन्छन् । सार्वजनिक यातायात ठप्प भएको फाइदा पठाओ लगायत राइड सेयरिङले उठाउँदै अफलाइन मार्फत यात्रुसँग जथाभावी भाडा असुली रहेका छन् ।