Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

उपकुलपति कार्यालयमा तोडफोड गर्नेमाथि त्रिविले बढायो कारबाही प्रक्रिया

१९ आइतबार , जेठ २०८२एक बर्ष अगाडि

उपकुलपति कार्यालयमा तोडफोड गर्नेमाथि त्रिविले बढायो कारबाही प्रक्रिया

त्रिभुवन विश्वविद्यालयले उपकुलपति कार्यालयमा तोडफोड गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । त्रिवि रजिष्ट्रार कार्यालयले सूचना जारी गर्दै उक्त गतिविधिमा संलग्नमाथि कारबाही प्रक्रिया अघि बढाएको जानकारी गराएको हो । साथै, कार्यालयमा भएको भौतिक सम्पत्तिको क्षतिपूर्तिसमेत भराइने जनाइएको छ ।

भनिएको छ, ‘मिति २०८२–०२–१४ का दिन २०–२५ जनाको समूह त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयमा प्रवेश गरी उपकुलपतिको कार्यालयमा प्रवेश गरी उपकुलपतिको सचिवालय तोडफोड गर्ने, पदाधिकारी एवं कर्मचारीलाई भौतिक आक्रमण गर्न खोज्ने कार्य भएकोले उक्त गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानूनबमोजिम कारबाही तथा भौतिक सम्पत्तिको हानिनोक्सानीको क्षतिपूर्ति भराउन आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको व्यहोरा जानकारी गराइन्छ ।’