
काभ्रेपलाञ्चोकको एक विद्यालयमा चोरी भएको छ । चौंरी देउराली गाउँपालिका–१, स्थित सूर्योदय माध्यमिक विद्यालयमा चोरी भएको हो ।
गएराति विद्यालयको प्रशासनिक भवनको ढोका फोडेर महत्त्वपूर्ण कागजातसहित दैनिक कामकाजमा प्रयोग गरिने एक थान ल्यापटप र केही नगद चोरिएको जनाइएको छ ।
विद्यालय प्रशासनले आज एक सूचना जारी गर्दै कोही कसैले सस्तो मूल्यमा डेल कम्पनीको आईथ्री ल्यापटप बेच्न आएमा विद्यालय, स्थानीय पालिका तथा प्रशासनलाई सम्पर्क गर्न आग्रह गरेको छ ।
‘चोरीमा संलग्न व्यक्तिले कोही कसैलाई यस्तो मूल्यमा डेल कम्पनीको आईथ्री ल्यापटप बेचबिखन गर्ने र गराउने कार्य गरेको देखेमा सूर्योदय माविको केही प्रोफाइल र डकुमेन्टसमेत चेक गरी सम्पर्क गर्नुहोला,’ विद्यालयले भनेको छ ।
साथै, उक्त अपराधिक कार्यमा संलग्नहरुको खोजी गरी कडा कानूनी कारबाही गर्नसमेत माग गरिएको छ ।