Advertisement Banner
Advertisement Banner

२२ बुधबार, जेठ २०८२30th May 2025, 11:39:34 am

मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु

१९ आइतबार , जेठ २०८२३ दिन अगाडि

मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु

हिँजाे राति भएकाे मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएकाे छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका-४ पानीघाटमा बागमती प्रदेश ०२-०१ प ८०६८ नम्बरको मोटरसाइकल दुर्घटनामा परी महिलाको मृत्यु भएकाे हाे ।  

हिँजाे बेलुकी करिब पौने ८ बजे मकवानपुरको चित्लाङबाट काठमाडौंतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा नुवाकोट ककनी-१ निवासी ३६ वर्षीया सुनिता बलामीको मृत्यु भएकाे हाे । उक्त मोटरसाइकल दुर्घटनामा परी चालक मानबहादुर बलामी घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका चालक बलामी पनि ककनी-१ का बासिन्दा हुन् भने हाल एपीएफ अस्पतालमै उपचाररत छन् । मोटरसाइकल भने थानकोट प्रहरी वृत्तको नियन्त्रणमा रहेको र हाल दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।