Advertisement Banner
Advertisement Banner

०५ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

१९ आइतबार , जेठ २०८२९ महिना अगाडि

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

नेपाल आयल निगमले गएरातिदेखि लागु हुनेगरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा २ र डिजल र मट्टीतेलमा १ रुपैयाँका दरले मूल्य वृद्धि गरेकाे हाे ।

इन्डियन आयल कर्पाेरेशनबाट मूल्य बढेर आएकाे भन्दै निगमले मूल्य बढाएकाे र निगमका अनुसार भारतबाट पेट्राेलमा २ रुपैयाँ ११ पैसा र डिजेलमा १ रुपैयाँ ९ पैसा मूल्य बढेर आएकाे बताइएकाे छ ।

उक्त मूल्य गएराती १२ बजेदेखि लागू भएकाे निगमले जनाएकाे छ । नयाँ मूल्यअनुसार काठमाडाैं उपत्यकामा पेट्राेल १५९ र डिजेल तथा मट्टीतेल १४३ रुपैयाँ प्रतिलिटर पुगेकाे छ भने निगमले हवाई इन्धनकाे मूल्य भने घटाएकाे छ । 

त्यस्तै हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ ३ र अन्तर्राष्ट्रियतर्फ काठमाडाैंमा २२ अमेरिकी डलरले घटाइएकाे छ ।