Advertisement Banner
Advertisement Banner

२२ बुधबार, जेठ २०८२30th May 2025, 11:39:34 am

रोल्पामा एकै पटक ११० जना बिरामी

१९ आइतबार , जेठ २०८२३ दिन अगाडि

रोल्पामा एकै पटक ११० जना बिरामी

राेल्पाकाे रोल्पा नगरपालिका–३, चौरपानीका एकैपटक १ सय १० जना दिन बिरामी परेका छन् । स्थानीय तिलप्रसाद रोकाको घरमा श्राद्धमा खाना खाएका १ सय ५० जनामध्ये १ सय १० जना बिरामी परेको हुन् ।

श्राद्धमा खाना खाएर बिरामी परेकामध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएकाे छ । वडा अध्यक्ष राजकुमार पुरी रोकाको घरमा श्राद्धमा १ सय ५० जनाले खाना खाएकाे र जसमध्ये एक सय १० जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएकाे छ

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी विजय चापागाईंका अनुसार बिरामीहरुमा ज्वरो आउने, लगातार बान्ता र पखाला हुने समस्या देखिएपछि स्थानीय खुमेल स्वास्थयचौकीमा पुर्‍याइएको थियाे । 

हालसम्म १ सय २ जना बिरामी उपचारपछि डिस्चार्ज भएका छन् भने अन्य आठ जनालाई जिल्ला अस्पताल रेउघा रोल्पामा रेफर गरिएको छ जसमा चार जनाको अवस्था गम्भीर रहेको सूचना अधिकारी चापागाईंले जनाएका छन् ।