Advertisement Banner
Advertisement Banner

२० सोमबार, जेठ २०८२30th May 2025, 11:39:34 am

एसईईकाे रजिस्ट्रेसन फाराम भर्ने समय थप

१३ सोमबार , जेठ २०८२७ दिन अगाडि

एसईईकाे रजिस्ट्रेसन फाराम भर्ने समय थप

माध्यमिक शिक्षा परीक्षा (एसईई) को रजिष्ट्रेशन फाराम भर्ने म्याद थप गरिएको छ । यसअघि जेठ ११ गतेसम्म मात्र रजिष्ट्रेशन फाराम भर्ने म्याद तोकिएकोमा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जेठ ३० गतेसम्मका लागि थप गरेको हो ।

कार्यालयले थपिएको समयावधिभित्र रजिष्ट्रेशन फाराम भर्न विद्यार्थीहरुलाई आग्रह गरेको छ । साथै, विद्यालयहरुलाई पनि उक्त फाराम रुजु गरी राजस्व रकम जम्मा गरेको भौचरसहित असार ८ गतेसम्म शिक्षा विकास तथा समन्वय एकाईमा बुझाउन भनिएको छ ।

सूचनामा उल्लेख छ, ‘२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा समावेश हुन चाहने परीक्षार्थीहरुका लागि रजिष्ट्रेशन फाराम भर्ने भराउने अन्तिम म्याद ०८२ जेठ ११ गतेसम्म तोकिएकोमा विद्यालय, विद्यार्थी र अभिभावकको मागबमोजिम उक्त फाराम भर्ने म्याद ०८२ जेठ ३० गतेसम्म कायम हुनेगरी थप गरिएको छ । विद्यालयहरुले उक्त फाराम रुजु गरी राजस्व शीर्षक नं. १४२२३ मा तोकिएको राजस्व रकम जम्मा गरेको भौचरसहित ०८२ असार ८ गतेसम्म शिक्षा विकास तथा समन्वय एकाईमा बुझाइसक्नुपर्ने छ ।’