Advertisement Banner
Advertisement Banner

२० सोमबार, जेठ २०८२30th May 2025, 11:39:34 am

केवलकार स्टेशनको शौचालयमा लडेर एक भारतीयको मृत्यु

१२ आइतबार , जेठ २०८२८ दिन अगाडि

केवलकार स्टेशनको शौचालयमा लडेर एक भारतीयको मृत्यु

मनकामना केवलकारको स्टेशनमा रहेको शौचालयमा लडेर एकजना भारतीय पर्यटकको मृत्यु भएको छ । आज शौचालयमा लडेर गुजरात पालनपुरका ६२ वर्षीय मन्नुप्रसाद भट्टको मृत्यु भएको हो ।

इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केवलकारको स्टेशनमा रहेको शौचालयमा लडेका भट्ट मनकामना दर्शन गर्न आएका भारतीय पर्यटक हुन् । 

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार शौचालयमा लडेर अचेत भेटिएका भट्टलाई उपचारार्थ इच्छाकामना आधारभूत अस्पताल कुरिनटार लगेकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

शौचालयमा लडेर मृत्यु भएका उनको शव परीक्षणका लागि भरतपुर अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ ।