
यहि जेठ १३, १४ र १५ गते ७२ औँ सगरमाथा दिवस मनाउने तयारी गरिएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको-५, नाम्चेमा ७२ औँ सगरमाथा दिवस मनाउने तयारी गरिएको हो ।
गाउँपालिकाको आर्थिक सहयोगमा नाम्चे युवा समूहले विविध कार्यक्रमका आयोजना गरि ७२ औँ सगरमाथा दिवस मनाउन लागेको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिएका छन् । अध्यक्ष शेर्पाले नाम्चे बजारमा सञ्चालन हुने कार्यक्रममा भलिबल, मिनी म्याराथन, शेर्पा नृत्य लगायतका प्रतियोगिता हुने समेत जनाएका छन् ।
त्यस्तै उक्त कार्यक्रमलाई भव्य बनाउन गायक राजु लामा र उनको ब्यान्ड मंगोलियन हर्टको सांगीतिक प्रस्तुति रहनेछ आयोजकले बताएको छ । सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको दिनको अवसरमा हरेक वर्ष मे २९ मा सगरमाथा दिवस मनाउने गरिन्छ ।