Advertisement Banner
Advertisement Banner

२० सोमबार, जेठ २०८२30th May 2025, 11:39:34 am

पूर्वराजाको परिवारद्वारा चतुर्व्यूह नारायणधाम मन्दिरमा पूजाअर्चना

१२ आइतबार , जेठ २०८२८ दिन अगाडि

पूर्वराजाको परिवारद्वारा चतुर्व्यूह नारायणधाम मन्दिरमा पूजाअर्चना

नारायणहिटी दरबारभित्र रहेको चतुर्व्यूह नारायणधाम मन्दिरमा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारले पूजाअर्चना गरेका छन् । हिँजाे शनिबार साँझ पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, पूर्वअधिराजकुमारी प्रेरणा र पूर्वनवयुवराज हृदयेन्द्र शाहले पूजाअर्चना गरेका हुन् ।  

शनिबार साँझ नारायणहिटी दरबार परिसरमा रहेको चतुर्व्यूह नारायणधाम मन्दिरमा पूजाआजाका लागि पुगेका उनिहरूलाई जगमान गुरुङले स्वागत गरेका थिए । उक्त चतुर्व्यूह नारायणधाम मन्दिर दरबार परिसरसँगै जोडिएको छ ।

उक्त मन्दिर राजपरिवारका सदस्यहरूको नियमित दर्शन तथा पूजाअर्चना हुने धाम भएकाे र सोही मन्दिरको नामबाट नारायणहिटी दरबारको नामाकरण गरिएको समेत उल्लेख गरिएकाे छ ।