Advertisement Banner
Advertisement Banner

२० सोमबार, जेठ २०८२30th May 2025, 11:39:34 am

आजबाट चलचित्र ‘नरसिंहा’ देशभर प्रदर्शन

१० शुक्रबार , जेठ २०८२१० दिन अगाडि

आजबाट चलचित्र ‘नरसिंहा’ देशभर प्रदर्शन

नेपाली कथानक चलचित्र ‘नरसिंहा’ आजबाट देशभर प्रदर्शनमा आएको छ । नेपाली चलचित्र उद्योगमा नयाँ ऊर्जा भर्ने अपेक्षा सहित प्रदर्शनमा आएको चलचित्र ‘नरसिंहा’ देशभर प्रदर्शनमा आएको हो ।  

यस चलचित्रको लेखन तथा निर्देशन दिवाकर भट्टराईले गरेका हुन् । चलचित्रमा महानायक राजेश हमाल, आशा पौडेल, सनिषा भट्टराई, समाइरा थापा, अमित गिरी, प्रभु श्रेष्ठ, दीपा शाही, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, उषा खड्गी, नीति शाह, राज कटुवाल, नीर शाह र सरोज खनाल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

राजुविक्रम थापाले छायाँकन गरेको यो चलचित्रमा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी समावेश गरिएको छ भने चन्द्र पन्तले द्वन्द्व निर्देशन गरेका छन् । त्यस्तै मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको चलचित्र नरसिंहा सामाजिक, पारिवारिक र न्यायको पक्षमा आधारित चलचित्र रहेको बताइएको छ ।