Advertisement Banner
Advertisement Banner

२० सोमबार, जेठ २०८२30th May 2025, 11:39:34 am

एनसेलको नयाँ तीनवटा साप्ताहिक रिन्यूअल प्याक

१० शुक्रबार , जेठ २०८२१० दिन अगाडि

एनसेलको नयाँ तीनवटा साप्ताहिक रिन्यूअल प्याक

एनसेलले आफ्ना प्रिपेड ग्राहकहरूका लागि नयाँ तीनवटा साप्ताहिक रिन्यूअल प्याकहरू ल्याएको छ । सञ्चार सेवामा सहजता र पहुँच विस्तार गर्ने उद्देश्य सहित एनसेलले भ्वाइस, डेटा र एसएमएस सेवाका प्याकहरू सुलभ मूल्यमा ल्याएको हो ।

एनसेलले मंगलबारदेखि लागू गरेको प्याकहरूमा ग्राहकले अल नेपाल भ्वाइस प्याक – रु ९९ (सात दिन), एनसेल वा नेपाल टेलिकमका नम्बरहरूमा सात दिनसम्म अनलिमिटेड कल गर्न सकिने । सधैं अन प्याक–रु ९९ (सात दिन), २ जीबी डेटा, ४९ मिनेटको अल नेपाल कल, ९ वटा अल नेपाल एसएमएस, डेटा प्याक–रु १५० (सात दिन), १० जीबी उच्च गतिको मोबाइल डेटा लगायतका सुविधा प्राप्त गर्न सक्ने बताइएको छ ।

यी प्याकहरूको मुख्य विशेषता भनेको हरेक सात दिनमा स्वचालित रूपमा रिन्यू हुने प्रणाली हो, जसले ग्राहकलाई बारम्बार प्याक खरिद गर्ने झन्झटबाट बचाउँछ । ग्राहकहरूले १२३९# डायल गरेर, एनसेल एप प्रयोग गरेर, वा नजिकको एनसेल आधिकारिक खुद्रा विक्रेतामार्फत उक्त प्याकहरू खरिद गर्न सकिने बताइएको छ ।

उक्त सेवाहरु लिएपछि कम्पनीका अनुसार सेवाहरू नियमित रुपमा प्राप्त गर्न रिन्यूअलको समयको बेला मोबाइलको मेन ब्यालेन्समा पर्याप्त रकम हुनुपर्छ । त्यस्तै ग्राहकले आफ्ना आवश्यकता अनुसार उपयुक्त प्याक रोजेर चलाउन सक्नेछन ।