Advertisement Banner
Advertisement Banner

०५ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

मोरङको सीमाबाट चांदी बरामद

१० शुक्रबार , जेठ २०८२९ महिना अगाडि

मोरङको सीमाबाट चांदी बरामद

मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका–१५ स्थित सीमा ईलाकाबाट जेठ ५ गते सशस्त्र प्रहरीले करीव २ केजी ९९७ ग्राम चाँदी बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको ५ लाख रुपैयाँ भन्दा बढिको चाँदी सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले बरामद गरेको हो ।
     भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले झोलामा बोकी ल्याउँदै गरेको चाँदी छोडेर फरार भएका थिए ।
बरामद चाँदी आवश्यक अनुसन्धानको लागि बिराटनगर भन्सार कार्यालय मोरङ्गमा बुझाईएको छ । केही दिन यता मोरङको सीमा क्षेत्रमा चेकजाँचलाई तिब्र बनाइएको छ ।