Advertisement Banner
Advertisement Banner

०१ आइतबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

सवारी दुर्घटनामा एक जनाको ज्यान गयाे

१० शुक्रबार , जेठ २०८२६ महिना अगाडि

सवारी दुर्घटनामा एक जनाको ज्यान गयाे

चितवनकाे खैरहनी नगरपालिका–२, ज्यामिरे चोकमा बस र विद्युतीय कार ठोक्किँदा कार चालककाे ज्यान गएकाे छ । उदयपुरबाट काठमाडौं गइरहेको बस र चितवनतर्फ आइरहेको विद्युतीय कार ठोक्किएर दुर्घटना भएकाे हाे ।

पूर्वपश्चिम राजमार्गकाे उक्त सडकखण्डमा भएकाे सवारी दुर्घटनामा हुँदा कारका चालक खैहरनी नगरपालिका–८ का ४२ वर्षीय प्रदीप तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ  । दुर्घटनामा गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका लागि चितवन मेडिकल कलेज लगिएकाेमा उनकाे उपचारकाे क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे बताइएकाे छ ।