
गएराति बैतडीमा ५.१ म्याग्निच्यूडको भूकम्प गएको छ । बैतडीकाे सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर गएराति १ : ४८ बजे ५.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।
सुर्खेतिस्थित भूकम्प मापन केन्द्रका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर गएराति नै २ बजे ३.७ म्याग्निच्यूडको भूकम्पगएको भूकम्प गएको बताइएकाे छ । राति लगातार दुईपटक भूकम्प गएपछि स्थानीय त्रसित भएर घर बाहिर निस्केका थिए ।
गएराति गएकाे भूकम्पकाे महसुस नजिकैका जिल्लाहरू दार्चुला, बझाङ, डडेल्धुरामा गरिएको सुर्खेतिस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाले जनाएका छन् । भूकम्पबाट के कस्ताे क्षति भयाे भन्ने विवरण आइसकेकाे छैन् ।
यसअघि डाेल्पामा वैशाख १४ गते बिहान ३ बजे ४ म्याग्निच्युडकाे भूकम्प गएकाे थियाे । बिहानी पख डोल्पाको कान्जिरोबा क्षेत्र केन्द्रबिन्दु बनाएर गएकाे भूकम्पकाे कारण स्थानीय त्रसित बनेका थिए । पछिल्लाे समय पश्चिम नेपालमा बेलाबेलामा भूकम्प जाने गरेकाे छ ।