Advertisement Banner
Advertisement Banner

२० सोमबार, जेठ २०८२30th May 2025, 11:39:34 am

दुई हिमाल आरोहण गरेकी कलाकारलाई स्वागत

०९ बिहिबार , जेठ २०८२११ दिन अगाडि

दुई हिमाल आरोहण गरेकी कलाकारलाई स्वागत

दुई अग्ला हिमाल सगरमाथा र ल्होत्से आरोहण गरेर फर्किएकी डान्सर तथा अभिनेत्री कविता नेपालीलाई स्वागत गरिएको छ । अभिनेत्री नेपालीलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

अभिनेत्री नेपालीले ८ हजार मिटरमाथिका दुई वटा हिमाल सगरमाथा र ल्होत्से आरोहण गरेर फर्किएकी हुन् । उनको परिवार, आफन्त र शुभचिन्तकले उनलाई विमानस्थलमा स्वागत गर्दै राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिएको थियो ।

विमानस्थलको उक्त स्वागत तथा सम्मान कार्यक्रममा कविताले सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो आरोहण अनुभव सुनाएकि थिइन् । आफूसँगै गएका केही विदेशी आरोहीले ज्यान गुमाएको घटनामा दुःख व्यक्त गर्दै उनले कठिनाइको बाबजुद पनि हिमाल चढेको बताएकि थिइन् ।

डान्सर तथा अभिनेत्री कविताले आइतबार सगरमाथा र सोमबार ल्होत्से हिमालको आरोहण गरेकि हुन् ।