
आज देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको कारण आंशिकदेखि साधारणतया माैसम बदली हुने भएकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरकाे माैसम बदली हुने भएकाे हाे ।
अहिले देशमा पश्चिमी तथा स्थानीय वायुसँगै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ । जसकाे कारण आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे छ भने देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने बताइएकाे छ ।