
आज बिहान दुईवटा ट्रक एकआपसमा ठोक्किंदा सात जना घाइते भएका छन् । चितवनको भरतपुर महानगरपालिका-२९, गाइघाटमा दुईवटा ट्रक एकआपसमा ठोक्किएकाे हाे ।
बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६२८७ नम्वरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्वरको ट्रक एक आपसमा ठाेक्किएकाे प्रहरीले जनाएकाे छ ।
दुईवटा ट्रक एकआपसमा ठक्कर खाँदा सात जना घाइते भएका छन् । दुर्घटनामा दुवै ट्रकमा क्षति पुगेको छ भने घाइतेको भरतपुरका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनाले जानकारी दिएका छन् ।