Advertisement Banner
Advertisement Banner

२० सोमबार, जेठ २०८२30th May 2025, 11:39:34 am

ठगी गर्ने नक्कली इन्सपेक्टर र चाेरी गर्ने चारजना पक्राउ

०९ बिहिबार , जेठ २०८२११ दिन अगाडि

ठगी गर्ने नक्कली इन्सपेक्टर र चाेरी गर्ने चारजना पक्राउ

मध्यपुर थिमीबाट नक्कली इन्सपेक्टर (प्रहरी निरीक्षक) पक्राउ परेका छन् । भोजपुर साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुर थिमी नगरपालिका-२ दिव्यश्वरी बस्ने २३ वर्षीय सुजन गिरीले आफूलाई प्रहरी इन्सपेक्टर बताउँदै ठगी गर्ने क्रममा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज त्याैपानेका अनुसार पक्राउ परेका गिरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताइएकाे छ । त्यसैगरि मध्यपुर थिमी नगरपालिका- ८ र ९ बोडेका विभिन्न क्षेत्रबाट स्कुटर चोरी गर्ने चार जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

ओखलढुङ्गा घर भई हाल गोकर्णेश्वर नगरपालिका-५ बस्ने १९ वर्षीय अबिन श्रेष्ठ, मकवानपुर घर भई गोकर्णेश्वर नगरपालिका- ९ बस्ने १९ वर्षीय पेम्बा मोक्तान, सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर नगरपालिका- ८ बस्ने १९ वर्षीय आयुष गोले र सुनसरी जिल्ला घर भई काठमाडौँ  नारायणटार बस्ने १८ वर्षीय रितेश राईलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

बोडेबाट दुई स्कुटर चोरी गरेका उनीहरूलाई चोरीको स्कुटरसहित प्रहरीले पक्राउ गरेको बताइएकाे छ ।