Advertisement Banner
Advertisement Banner

२० सोमबार, जेठ २०८२30th May 2025, 11:39:34 am

चट्याङ लागेर एक जनाको मृत्यु

०९ बिहिबार , जेठ २०८२११ दिन अगाडि

चट्याङ लागेर एक जनाको मृत्यु

केहि दिनदेखि सुरू भएकाे माैसम बदली र त्यससँगैकाे वर्षा र चट्याङमा परेर चितवनमा एक जनाको मृत्यु भएको छ । हिँजाे दिउँसाे चितवनकाे इच्छाकामना गाउँपालिका–१ क्याङसिराङमा परेकाे चट्याङमा परि एक जनाको मृत्यु भएको हाे ।  

चट्याङ लागेर इच्छाकामना गाउँपालिका–१, क्याङसिराङका ५१ वर्षिय बिरु चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ । उनिसँगै रहेका उनका भतिज दिलबहादुर चेपाङ भने घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

उनीहरू बाटोमा हिडिरहेकाे बेला चट्याङ परेको थियाे । मृतक बिरुलाई पोस्टमार्टम र घाइतेलाई उपचार गर्न भरतपुर अस्पताल पुर्याइएको प्रहरीले बताएकाे छ भने घटनास्थल इलाका प्रहरी कार्यालय मुग्लिङबाट ४५ किलोमिटर पूर्व दक्षिण भेगमा रहेकाे छ ।