
निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । धनुषाको कमला नगरपालिका–२, स्थित निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर सात वर्षीय रितिक साह र पाँच वर्षीय रितिश साहको मृत्यु भएको हो ।
सडकको खाल्डोमा जमेको पानीमा कमला नगरपालिका–२, सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा रितिक साह र उनको भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिश साहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिएका छन् ।
कृषि बाटोको छेउमा रहेको खाल्डोमा जमेको पानीमा दुवै जना डुबेका थिए । घरबाट खेल्न निस्केका दाजुभाइ अबेरसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा खाल्डोमा तैरिरहेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।