
यसवर्षको वसन्त ऋतुको हिमाल आरोहणमा हालसम्म ३ सय ९५ जनाले सगरमाथा आरोहण गरेका छन् । वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म उक्त संख्याले सगरमाथाको सफल आरोहण गरेका हुन् ।
त्यस्तै पर्यटन विभागका अनुसार हालसम्म १ सय ३५ आरोही र २ सय ३५ जना शेर्पा सहयोगीले आरोहण अनुमति लिएको बताइएको छ । त्यसैगरी शिखरसम्म डोरी टाँग्ने (रोप फिक्सिङ)टोलीका ७ जना रहेका छन् ।
वसन्त ऋतुको हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३ सय ८२ पुरुषसहित ४ सय ६८ जनाले सगरमाथा आरोहणको अनुमति लिएका छन् भने यस पटक सगरमाथा आरोहण गर्न ५७ देशका आरोही आएको पर्यटन विभागले जनाएको छ ।
यसवर्ष सगरमाथासहित २७ हिमालमा १ सय २७ समूहका १ हजार १ सय ६८ जनाले आरोहण अनुमति लिएका छन् । त्यस्तै मौसम अनुकूलभएसँगै यसअघि गत आइतबार एकैदिन १ सय ३५ आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।