
नेपाल राष्ट्र बैंकको रिक्त रहेको गभर्नरमा हिँजो डा.विश्व पौडेल नियुक्त भएसंगै सपथ ग्रहण गरेका छन् । नवनियुक्त गभर्नर डा.पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ ग्रहण गरेका हुन् ।
राष्ट्र बैंकको गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअघि नै गभर्नर नियुक्ति गर्नुपर्ने कानुनी व्यवस्था भएपनि रिक्त भएको ४४ दिनपछि हिँजो गभर्नर नियुक्त गरिएको हो । यसअघि सत्तारूढ कांग्रेस र एमालेबीचको राजनीतिक खिचातानीका कारण गभर्नर नियुक्तीमा ढिलाई भएको थियो ।
हिँजो गभर्नर नियुक्त भएसंगै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले कामु गभर्नरमा नीलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईलाई सिफारिस गरेको थियो ।