
काठमाडाैँकाे थानकाेट हुँदै संघीय राजधानी भित्रिने मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ । यहि जेठ १० गतेदेखि २५ गतेसम्म दैनिक साढे ४ घण्टा बन्द हुने भएको हाे ।
उक्त सडकखण्डमा निर्माणको काम गर्न लागिएकाले बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्न लागिएकाे हाे । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार यसअघि उक्त सडकखण्डमा राति बन्द गरेर काम हुँदै आएको अव दिउँसाे गर्न लागिएकाे हाे ।
नागढुङ्गा-नौबिसे सडकखण्डकाे नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि सडक बन्द गर्नुपर्ने आवश्यकता रहेकाले बन्द गर्न लागिएकाे सडक आयोजनाले जनाएकाे छ । त्यस्तै नारायणगढ-मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले आज सूचना जारी गर्दै काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने बताएकाे छ ।
सडक निर्माणका लागि बन्द गर्नुपर्ने आवश्यकता रहेकाले बन्दको समयमा धार्के-सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न समेत सडक आयोजनाले अनुरोध गरेको छ ।