Advertisement Banner
Advertisement Banner

२० सोमबार, जेठ २०८२30th May 2025, 11:39:34 am

ऋणभारले ढलपलायो मुलुक

०८ बुधबार , जेठ २०८२१३ दिन अगाडि

ऋणभारले ढलपलायो मुलुक

डा.विश्व पौडेल १८औं गभर्नर नियुक्त भएका छन् । कांग्रेसको कोटाबाट गभर्नर नियुक्त भएकाले उनी देशका कि कांग्रेसका गभर्नर भन्ने प्रश्न त छँदैछ, सहमतिको एमाले नेतृत्वको सरकार टिकाउने कडी पनि बनेका छन् । पौडेलमाथि अनेक आक्षेप छन्, देशको भाँचिनै लागेको अर्थतन्त्र बचाउने चुनौती पनि छ । चिहानमा पुगिसकेको रेमिटान्सका कारण धुकधुकी बाँकी रहेको अर्थतन्त्रलाई पुनर्जीवन दिन पौडेल सफल होलान् त ? जिज्ञासा बढेर गएको छ ।
ऋणभारले ढलपलायो मुलुक
ऋण उठाउँदै तलव, भत्ता खाँदै, भ्रष्टाचार गर्दै । ओली सरकार आएपछिका केही महिनामै ४ खर्ब सार्वजनिक ऋण उठाइयो । वैशाखसम्मको सार्वजनिक ऋणभार २६ खर्ब २२ अर्ब ४० करोड पुगिसकेको छ । १८ खर्बको बजेट, १८ खर्बको ब्यापारघाटा, सयौं ठूला ठूला भ्रष्टाचार काण्ड, सडकमा लघुबित्त, मिटरब्याजपीडित, सहकारी पीडित, द्वन्द्वपीडितदेखि हत्या, हिंसा, बलात्कार पीडितहरूको चित्कार मात्र सुनिन्छ ।
ऋणभार र दण्डहीनता, कुशासन र राजनीतिक अपराधिकरणले ढलपलायो मुलुक । अब पनि विवेकशीलहरू बोल्ने कि नबोल्ने ? राष्ट्रको अस्तित्वका लागि उठ्ने कि नउठ्ने, यक्ष प्रश्न उठेको छ ।