
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो क्षेत्राधिकार बाहिर गएर कर नउठाउन देशभरका स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।
स्थानीय तहहरुले संविधानको को दायराभन्दा बाहिर गएर कर लगाउँदा व्यवसायीहरु मारमा परेको व्यापक गुनासोपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयले आज देशभरका स्थानीय तहलाई परिपत्र गर्दै संविधान, ऐन, कानून र मान्य सिद्धान्तबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा मात्र कर लगाउने र उठाउने व्यवस्था गर्न भनेको छ ।
परिपत्रमा उल्लेख छ, ‘सबै स्थानीय तहहरुले नेपालको संविधान, ऐन, कानून र कानूनका मान्य सिद्धान्तबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा मात्र कर लगाउने र उठाउने व्यवस्था गर्न गराउनू ।’