Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

स्पष्ट बोल्ने गजबकी राजदूत

१७ सोमबार , जेठ २०७३१० बर्ष अगाडि

नेपालका लागि अमेरिकी राजदूत एलाइना बी टेप्लिज स्पष्ट बोल्ने गजबकी राजदूत बनेकी छिन्। नेपालको इतिहासमा पहिलोपटक यस्ती राजदूत नेपाल आएकी छिन् जसले नेपाल आउनासाथ बोलिन्– नेपाललाई अमेरिका आफ्नै आँखाले हेर्छ। जेठ १४ गते पुनः महामहिम राजदूतले फेरि भनिन्– अमेरिका नेपाललाई भारतको आँखाले हेर्दैन। नेपाली मान्यता सही नभएको र अमेरिकाले नेपाललाई स्वतन्त्र आँखाले हेरेको छ। राजदूतले नेपालप्रति अमेरिकाले भारतको नीति अख्तियार गरेको सुन्दा अचम्म लाग्छ।
धन्यवाद महामहिम राजदूत। 'एसिया क्षेत्रमा अमेरिकी विदेशनीति' अन्तरक्रियामा राजदूत एलाइनाले बिना हिचकिचाहट अमेरिकी नीति स्पष्ट पारेपछि नेपालका राष्ट्रवादीहरुले चाहेको पाए, सन्तोषको श्वास फेरेका छन्।