Advertisement Banner
Advertisement Banner

०५ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

बेपत्ता युवकको शव जंगलमा फेला

०७ मंगलबार , जेठ २०८२९ महिना अगाडि

बेपत्ता युवकको शव जंगलमा फेला

मकवानपुरमा छ दिनदेखि बेपत्ता भएका युवकको शव नजिकैको जंगलमा फेला परेको छ । मनहरी गाउँपालिका-५ डिल्लीपुरका ३५ वर्षीय विष्णुप्रसाद सापकोटाको शव नजिकैको जंगलमा फेला परेको हो ।

सापकोटा विगत छ दिनदेखि बेपत्ता बेपत्ता भएकोमा मनहरी गाउँपालिका-५ कोइराला डाँडास्थित थली जंगलमा उनको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घरदेखि डेढ किलोमिटर पश्चिम दक्षिणतर्फ रहेको जंगलमा सापकोटाको शव फेला परेको बताइएको छ ।

वैशाख ३१ गते घरमा कसैलाई नसोधी हिँडेका सापकोटाको शव जंगलमा फेला परेपछि परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको पनि प्रहरी नायब उपरीक्षक अर्यालले जनाएका छन् ।