Advertisement Banner
Advertisement Banner

२२ बुधबार, जेठ २०८२30th May 2025, 11:39:34 am

लुक्ला उडेको समिट एयरको जहाजमा समस्या

०६ सोमबार , जेठ २०८२१६ दिन अगाडि

लुक्ला उडेको समिट एयरको जहाजमा समस्या

बिहान सवा ६ बजे काठमाडौंबाट लुक्लाकाे लागि उडेकाे समिट एयरको जहाजमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको छ । उक्त जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको हाे ।

काठमाडौंबाट लुक्लाकाे लागि उडेको जहाजको इन्जिनमा समस्या देखिएपछि लगत्तै काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएकाे त्रिभुवन अन्तर्राष्टिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिएका छन् । काठमाडौंबाट लुक्ला उडेको ‘नाइन एन एएमजी कल साइन’को जहाज रामेछाप पुग्दा समस्या देखिएको बताइएकाे छ ।

जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काइएकाे र सुरक्षित अवतरण गराउन काठमाडौंको विमानस्थलमा अन्य उडान-अवतरण केहीबेर रोकिएको थियो । जहाजमा चालक दलसहित १९ जना सवार रहेका थिए भने अहिले जहाजकाे प्राविधिक परीक्षण भइरहेको बताइएकाे छ ।