Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

श्री ५ वीरेन्द्र वीर विक्रम शाह

१७ सोमबार , जेठ २०७३८ बर्ष अगाडि

प्रा.डा.शास्त्रदत्त पन्त-
शाह शासनकालको अढाइशय बर्ष लामो इतिहासमा तीनवटा (पृथ्वीनारायण, महृन्द्र र वीरेन्द्र) राजामात्र सुयोग्य मानिन्छन्। ती मद्धे वीरेन्द्र एक हुन्। श्री ५ वीरेन्द्रको जन्म २००२ साल पौष १४ गते (डिसेम्बर २८, २०४५) का दिन भएको हो।  
उनी २०११ चैत्र १ गते राजगद्धीका उत्तरसाधिकारी घोषित भएका थिए। २०१९ साल चैत्र २९ गते शुभ उपनयन, संस्कार भएको थियो। २०२६ साल फागुन १७ गते ऐश्वर्य राज्यलक्ष्मीसंग शुभ विवाह भएको थियो।
२०२१ साल असोज २१ गते उमेर पुगेको समारोहमा पृथुलाधीश तथा शाही सेनाको सर्वोच्च महासेनानी भएका थिए। २०२५ सालमा प्याराविङ्, २०३२ सालमा प्रमुख स्काउट र प्रमुख संरक्षक रहेका हुन्। २०२१ साल देखि पटक  पटक राजकीय प।िषद, राजप्रतिनिधि परिषदको कार्यभार सम्भालेका थिए। २०२८ साल माघ १७ गते नेपाल अधिराज्यको गद्धी आरोहण गरेका थिए। २०३१ साल फागुन १२ गते उनको राज्याभिषेक भएको थियो। उनको विवाह र राज्याभिषेक दुवैमा ६० भन्दा बढी देशका विशिष्ठ अतिथिको उपस्थिति थियो।
उनको वाल्यकाल श्री ५ रत्नराज्यलक्ष्मीको ममतामयी काखमा वितेको हो। उनका तीन बहिनी शान्ता, शारदा र शोभा तथा दुइ भाई ज्ञानेन्द्र र धीरेन्द्र हुन्। उनकी एक छोरी श्रुती र दुइ छोरा दीपेन्द्र तथा निराजन थिए। उनको प्रारम्भिक शिक्षा दार्जलिङ्ग (सेन्ट जोसेफ स्कूल) मा भएको थियो। त्यसपछि वेलायतको इटन कलेजबाट उच्च शिक्षा हासिल गरेका हुन्। जापानको टोकियो वि.वि. र अमेरिकाको हार्वर्ड वि.वि. बाट विशेष शिक्षा हासिल गरेका हुन्। उनी प्रकृति प्रदत्त कलाकार हुन्।
उनले औपचारिक र अनौपचारिक गरी सबै महादेशका प्रमुख मुलुकको भ्रमण गरे, ख्याती प्राप्त नेताहरुसंग भेट वार्ता गरेर धेरै कुराहरुको ज्ञान हासिल गरे। उनको ज्ञान र भ्रमण नेपाललाई कसरी छिटोभन्दा छिटो विकसित समुन्नत मुलुक बनाउने भन्नेमा केन्द्रित रहन्थ्यो। उनमा भएको विशेष प्रतिभाको कदर स्वरुप भारतको विश्वविद्यालय, थाइलैण्डको महिडोल विश्वविद्याय, अमेरिकाको वैष्ट भर्जिनिया इन्ष्टिच्यूट अफ टेक्नोलोजी, जापानको सोको विश्वविद्यालय, रुसको पिपल्स फ्रेन्डसिप विश्वविद्यालयहरुले मानार्थ विद्यावारिधी (पि.एचडी) उपाधि प्रदान गरेका हुन्।
विद्यामै छ महाशक्ति कर्ममै छ सुपूजन उनको जीवनको मन्त्र हो। हिन्दु राष्ट्र हिन्दु राजा धर्मको प्रतिरुपम हो भनेर बुझ्ने  खुवी उनमा थियो भन्ने कुरा उनले २०३३ सालमा भारतको महुराइमा भएको धर्म दर्शन र संस्कृति सम्बन्धी विश्व सम्मेलनमा सम्बोधन गरेका कुराले पुष्टि हुन्छ। धर्म एक मात्र छ, त्यो वैदिक हो, सनातन हो। धर्मले ब्रह्माण्डको परम सत्यको खोजी गर्दछ  दर्शनले व्याख्या गर्द। संस्कृतिले प्राणीमात्रको जीवमा आत्मसात गर्दछ। हिन्दु धर्म नै धर्म होे भन्ने आधारमा उनी पशुपति विकास कोष र लुम्बिनी विकास कोषको संरक्षक समेत रहेका हुन्।
वीरेन्द्रको भौतिक वस्तु केन्द्रित कुनै सोख थिएन जुन प्राय राजाहरुमा हुने गर्दछ। प्रकृति संरक्षण, हेलिकोप्टरको उडान, गरीब दिनदुखीको सेवा (कम्प्यासन) उनका मुख्य सौख हुन्। राजा महेन्द्रले थालेको देश दर्शन अभियानलाई यिनले झन सशक्त रुपमा अगाडि बढाए। विकट र दुर्गम ठाउामा पैदल भ्रमण गरे। स्थानीय अवस्था बुझे। श्रोत साधनको अध्ययन गरे। रोजगार र उत्पादनको जानकारी लिए। त्यसलाई योजनामा समावेश गरे। नेपालमा कुनै पनि व्यक्ति छैन जो नेपालका ४००० गाउा पञ्चायत मध्ये २२०० जतिमा उनी स्थलगत रुपमा पुगेका छन्। यी सबै स्थलगत भ्रमणको आसय त्यो थलो र त्यहााका बासिन्दाको जीवनस्तर कसरी उठाउने भन्ने हो।
कुनै पनि जनताको पीरमर्का सुनेभने त्यसलाई आ136नो मर्का ठान्दथे। त्यहाा पुगिहाल्दथे। कुनै पनि प्रकोपमा उनको  उपस्थिति भैहाल्दथ्यो। त्यसले गर्दा कर्मचारीबाट हुन सक्ने ढिलाई तथा दुरुपयोग रोकिन्थ्यो। २०२९ सालदेखि विकाश क्षेत्र सदरमुकाममा क्याम्प खडा गरेर त्यसको विकास गतिलाई गति दिने काम उनको नियमित काममध्ये कै भयो। हरेक वर्ष एक विकास क्षेत्र भ्रमणगर्ने नियमित सारिणीनै बनायो। देशमा विद्यमान गरीबी र अशिक्षा उन्मुलन गर्ने उनको मुख्य आसय थियो। जातजाती, स्थान, लिङ्ग विशेषमा भएका असमानता हटाएर आदर्श र चेतनशिल समाज बनाउने  धेय थियो। उनले युवराज हुादै देखि राजदरवार जााचबुझ केन्द्रको नेतृत्व गरे। नीति नियम, योजना कार्यान्वयन क्षमता, प्रशासनिक तकनिकि सबैको ज्ञान हासिल गरे र आम नागरिकका पीडा र मर्काको सूची बनाए। यही आधारमा शिक्षा, स्वास्स्थ्य, संचार, वन, यातायत, जनश्रोत, व्यवस्थित वस्ती विकास, जडिबुटी, कृषि, पर्यटन लगायत यावत क्षत्रको प्रभावकारी योजना तयार गरे। राष्ट्रिय विकास परिषदको गठन गरे। सहभागिता मूलक विकासलाई गतिदिए। उनले ख्यातिप्राप्त विषयगत सेक्टर देखि ग्रास रुटतहका आम जनतालाई एकैसाथ सहभागी गराए। सारतः उन्को जन्म नै समुन्नत नेपाल बनाउनकै लागि भएको थियो। तर दुर्भाग्यबस बहुदलको पुर्नस्थापना संगै खास गरेर उनको देहाबसानपछि पञ्चायतकालका राम्रा उपलब्धीहरु, पूर्वाधारहरु देश र जनाताका उपलब्धीहरु, सबैका सबै विदेशी निर्देशनमा दलका नेताबाट एक एक गरेर भत्काए। उनको जलश्रोत योजना, पिडिएल्टी स्किम, एसियाली मापदण्ड, आत्मर्भिर हुने मिश्रित अर्थनीति मात्र न भत्काई दिएको भए आजसम्म एसियाको स्विजरलैण्ड भइ सक्ने थियो। ब्यापार सन्तुलन, पूर्ण रोजगारका अबसर, लोडशेडिङ र खानेपानी जस्ता बस्तुको अभाव हुने थिएन। तस्करी, भ्रष्ट्राचार, कालाबजरी, अशान्ति, आततायी कृत्य बढ्ने थिएनन्, असामाजिक तत्वको बिगबिगी हुने थिएन। बिदेशीको उग्र चलखेल हुने थिएन। जिल्ला प्रशासन योजना, विकेन्द्रिकरण, जनमत संग्रहबाट पद्धतिको चयन उनको प्रजातान्त्रिक अभ्यासका उच्चतम प्रयोग हुन्। राजा वीरेन्द्रलाइ जनश्रोतको यति धेरै ज्ञान थियो कि आफूलाई जनश्रोत विज्ञमान्नेले पनि राजालाई भेटेपछि सामान्य विद्यार्थी मानेर वाहिरिने गर्दथे। उनी सदा बहुपक्षिय जलश्रोत आयोजना बनाएर हरेक नेपाली उत्पादन सस्तो बनाउन तल्लिन रहन्थे। सिंचाई, खानेपानी, बाढी नियन्त्रण, मत्स्य विकास, जल विद्युत उत्पादन एउटै श्रोतबाट निरन्तर संचालन गर्न चाहन्थे।  
उनी सर्वाङ्गिण विकासका द्योतक हुन्। यातायातमा उनले पहिले ५ विकास क्षका सदरमुकाम, त्यसपछि १४ अञ्चल र ७५ जिल्लाका सदरमुकाम जोड्ने संजाल बनाए। तदनुरुप आज यातायात संजाल बनेको हो। २०४७ पछिको बहुदलीय शासकमा अज्ञ दूरदृष्टिहीनको संख्य अत्यधिक भएकोले वातावरण संतुलन र व्यवस्थित वस्तीको अवधारण गुमाएर भद्रगोल सडक निर्माण गर्ने काम भएकोले जलउत्पन्न प्रकोप र भूकम्प प्रकोपमा जनधनको क्षति बढ्दै गएको हो। राष्टि्र्य ध्वजा बाहक हवाई सेवा विश्वभर विस्तार गर्दै जने दीगो योजना थियो उनमा। त्यो पनि २०४७ पछिका लोकतान्त्री सरकारहरुले नराम्रोसंग भत्काइदिए।
प्राविधिक शिपमुलक व्यवसायिक शिक्षा विना मुलुक अघि नबढ्ने दृढ धारणा स्वरुप इन्जिनियरिङ, चिकित्सा, कृषि, वन विज्ञान तथा प्राविधिक शिक्षाको स्थापना भए, संचालन भए। कुनै गाउा छैन जहाा स्कुल छैन। २०३१ साल देखि प्राथमिक शिक्षा निशुल्क बनाएर क्रमश: माध्यमिक सम्म पुर्‍याइयो। उनी शिक्षा विकासका ज्योतिपुञ्ज हुन्।
नेपाललाई आधुनिक संचार माध्यमले गााज्ने श्रेय पनि उनैलाई जान्छ। संचारलाई विकासको माध्यम बनाए, विकासका लागि संचार बनाए। उनले संचारलाई  प्रजातान्त्रिक अभ्यास अनुकुल बनाए। संचारमार्फत घरघर सूचना संप्रवाह  हुने पारे। दुर्भग्यबस आज दल र दलका नेताका लागि संचार भएको छ। पर्यटनलाई उद्योगमा परिणत गराएर नेपालको आर्थिक उन्नतिको स्तम्भ मानेर २०३० सालमा गुरुयोजना निर्माण गरियो। राजधानी  केन्द्रित हुनुबाट जोगाउन ग्रामीण पर्यटनको विकास गरियो, पर्यटकलाई राजधानीबाट नेपालभर फिजाइयो। आज उनका योजना धरासायी पारिएको छ।
वन, वनस्पति र जैविक विविधतलाई संस्थागत रुपमा संरक्षण र विकास गराउने उनी पहिलो व्यक्ति हुन्। उनी मुलुकको जुन कुनामा पुगेपनि आवादि खाद्य बालीबाट लहलहभएको खेतीले भरिएको र बााकी भूभाग हरियो वनले ढाकिएको हेर्न चाहन्थे। उनले दीगो वननीति लागू गरे। वन्य जन्तु, वनवुटी, वन आरक्षणलाई निरन्तरता दिए। आफै सरिक भएर थालेको वृक्षारोपणले वत्तिस प्रतिशतमा झरेको वनलाई सत्तरी प्रतिशत पुर्‍याए। पर्वपर्वमा बृक्षारोपण गर्ने संस्कारको विकास गराए। प्रकृति र प्राकृतिक सम्पदा संरक्षण गर्न महेन्द्र प्रकृति कोषलाई सशक्त बनाए। राष्ट्रिय निकुञ्जको विस्तार गराए। आजसम्म हिमाली राष्ट्रिय निकुञ्ज बनिसकेको हुने थियो, जरिबुटी सम्पदा र हिमाली पर्यटन विश्वको उत्कृष्ट केन्द्र बनिसकेको हुने थियो। स्वास्थ्य सेवालाई क्षत्रीय, अञ्चल, जिल्ला र इलाका तहगरी गाउा तहसम्म व्यवस्थित र जिम्मेवारी पूर्वक पुर्‍याउने श्रेय पनि उनलाई जान्छ। कुनै पनि नेपाली उपचार पाउनबाट वञ्चित नहोउन् भन्ने उनको मूल आसय हो। स्वास्थ्य सेवा शिक्षा सरह निशुल्क हुनु पर्दछ भन्ने उनको अवधारण थियो, जुन यतिखेर शोषण र गरिबमारा भ्रष्ट, कालो ब्यापार गर्ने थलो  भएको छ।
कृषि क्षेत्रमा उनले अग्रगामी कलाइ नै लगाए। एक वाली मात्र खेती गरिने खेतलाई दुइ–तीन वाली खेती गर्ने गराए। नयाा कृषि नीति लागू गराए। कृषि वर्ष मनाए। धान चामल निर्यात कंपनी खोले। खाद्य संस्थान, कृषि सामाग्री संस्थान, आदि खोले। हिमाली क्षेत्रमा पशुपालन, स्याउ अंगुर खेती, पहाडी भेकमा फलफूल तराइमा अन्न बाढी बढाएर कृषिक्रान्ती  गराए। कपास, कफी, केशर, जुट, चिया, अलै्रची जस्ता नगदेवालीका पकेट विकास गरे। वन कृषि विश्वविद्यालय खोले। दिगो नीति अवलम्बन नगरेका कारण उनको देहवसान पछि, वन कृषि क्षेत्र समेत पर निर्भर भएको छ। कृषि आयात मात्र भएको छ।
उद्योगलाई भरपर्दो  पार्न पारवहन सुविधालाई भूपरिवेष्ठित देशको अधिकारका रुरपमा प्रतिष्ठान गराए। निजी, सरकारी र संयुक्त रुपमा उद्योग संचालन गर्ने गरी नयाा उद्योगनीति लागू गरे। दर्जनौ औद्योगिक क्षेत्रको स्थापना गराए। आयात प्रतिष्ठान गर्ने र निर्यात बढाउने  उद्योगलाई महत्व दिइयो। स्वदेशी रोजगार बढ्ने र जनजीवनमा सुधार आउने, सामाजिक न्यायमा सुधार आउने नीति कार्यक्रम बनाइयो।
नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान खोलियो। यसले विज्ञानको खोज अनुसंधान र प्राकृतिक श्रोत साधनको वैज्ञानिक खोज गरिरहेको छ।
न्याय प्रशासन सुधार अध्यादेश, न्याय सुधार आयोग गठन गरेर कोही नेपाली अन्यायमा नपरुन भन्ने धारणा राखे।
असंलगन र सहअस्तित्वमा अध्ाारित परराष्ट्र नीतिलाई मूल आधार मानेर मजवुत बनाए। विश्व शान्ति, सहयोग र सद्भाव, सहअस्तित्वलाई बृद्धि गर्दै लगे। २०३० देखि २०४६ सम्मका  असंलग्न शिखर सम्मेलनमा भाग लिएर परराष्ट्रनीतिमा कमजोर हुन दिएनन्। त्यही व्यवहार उनले सार्क सम्मेलनहरुमा पनि गरे। सार्कको त उनी ब्रेन चाइल्ड पनि हन्। यसको सचिवालय काठमाण्डुमा रहनुमा उनको सुझबुझ र असल नीतिको प्रतिरुप थियो। उनको नीतिका कारण आजसम्म नेपाललेे मित्रताभाव र ठोस सहयोग पाइरहेको छ।  
उनले विश्वका सबै प्रमुख राष्ट्रहरुको राजकीय, औपचारिक र मैत्रीपूर्ण भ्रमण गरे, त्यहााका प्रतिष्ठित नेतासंग भेटवार्ता गरे। त्यसै गरेर विदेशी राष्ट्राध्यक्षलाई नेपालको भ्रमण गराए। यी दुवै अवस्थामा नेपालको गौरव र गरिमा बढाउने श्रेय उनैलाई जान्छ।
अखण्ड र समुन्न्त नेपाल तथा दु्रततर विकास र विश्व भाइचारा राखेर गरिएको शान्ति क्षेत्र प्रस्ताव नेपालको दिगो भविष्यकालागि खम्बा हो। उनको जीवनभरका असल काम मध्यको एक हो। विश्वका ११६ मुलुकले यसको समर्थन गरे। नेपालको शाही सेनाले विश्वमा अग्रणी भूमिका पायो। आजसम्म पनि सं.रा.सं. ले शान्ति कायम गराउने स्थलमा नेपालले नै प्रमुख स्थान ओगटिरहेको छ। आजकल  दलबाट हुने बढ्दो भ्रष्ट राजनीतिकरणका कारण प्रहरी, सेनाको इज्जत खस्कको छ।  
प्रजातन्त्रमा पूर्ण विश्वास गर्ने उनले जनचाहना अनुसार शासन चलाउनु पर्दछ  भन्ने धारणा राख्दथे। जब नेपालमा दलविहिन पञ्चायती प्रजातन्त्र र बहुदली प्रजातन्त्र वीच जनभावना बन्यो उनले जनमत संग्रह गराए। त्यसमा जनतानले दलविहिन पञ्चायतको पक्षमा मत दिए। त्यो जनताको सबैभन्दा ठूलो आदेश हो। त्यसको विपरित २०४८, २०६३ र २०७२ का संविधानले जनताका विचार समेट्न सकेनन्। प्रजातन्त्रको खिल्ली उडाइयो। जन पक्षीय शासन क्षेत्रलाई खस्काउादै लगेर दलीय भागबण्डा र दलीय तानाशाही मौलाएको छ, नेपालमा।
जन इच्छा अनुसार राजाले शासन गर्नुपर्दछ भन्ने वैदिक राजधर्म अनुसार नै उनले जनताप्रतिको उत्तरदायित्व वहन गरे। उनी वैदिक राजसंस्थाको प्रजातान्त्रिक आदर्शको ज्वलन्त उदाहरण हुन्।
वी.पीको निधन पछि ने.का र साम्यवादीहरुले वहुदलीय पद्धतिबारे रोइलो गरि रहेका कारण २०४७ सालमा जनमत संग्रह नगरिकन २०४७ चैत्र २६ गते बहुदलीय पद्धतिको घोषणा गरे। वास्तवमा दलको रोइलो राजा सबैधानिक हुनुपर्छ भन्ने मात्र थियो। लोटा लिएर प्रजातन्त्र माग्न आएका दललाई उलने गाग्रीबाटै खन्याई दिए। फलतः आज प्रजातन्त्र लोटा भरिएर छयालब्याल्ल  सडकभरि पोखिएको छ।
राजा वीरेन्द्र शाह वंशका औपचारिक उच्च शिक्षा हासिल गरेका  पहिला राजा हुन्। त्यस पूर्वका राजाहरुले घरमै गुरु राखेर शिक्षा आर्जन गर्दथे। शिक्षा आर्जन गरेर फर्के पछि त्यसको व्यवहार जन्य प्रयोग गराउन युवराजकै नेतृत्वमा राजदरवार जााचबुझ केन्द्रको स्थापना संगसंगै बजारिया हल्ला चले। भारत, बेलायत, अमेरिका र जापानबाट शिक्षा हासिल गरेका युवाराज अत्यन्त उचेा प्रजातन्त्रमा विश्वास गर्छन्। पिताको दल विहिन पञ्चायती  प्रजातन्त्र उनलाई मन पर्दैन। पिता पुत्र विच राजनीतिक मत भिन्नता छ। त्यसकारण नै युवराजले दरवार परिसर वाहिर सर्वसाधारणसंग दिनहुा भेट्न मिल्ने गरी जााचबुझ केन्द्रको स्थापना गरेर परिचालन गरेका हुन्। निनताक यस्ता हल्ला फिाजाउनेमा ने.का का कार्यकर्ता नै हुने गर्दथे। बाबुछोरा दुबै प्रजातन्त्रप्रिय थिए।
अर्काथरीले के चर्चा गर्दथे भने युवराजले हासिल गरेका ज्ञानलाई व्यवहारमा उतार्न तथा मुलुकको यथार्थता बुझ्न युवराजलाई कुशल शासक बनाउने आसयले राजा महेन्द्रले नै राजदरबार  जााचबुझ केन्द्रको स्थापना गरेका हुन्। महेन्द्रको अथाह ज्ञान र अगाध राष्ट्रिय भावनालाई कदर गर्नेले मात्र बास्तबिकता बुझ्न सक्छ। यो छिनोफानो  गर्नुपर्ने कुरा पनि भएन। कसैले सही के हो भनेर न  तत्कालिन राजालाई न युवराजलाई कसैले सोध्ने चेष्टा गरे। युवराज राजा भए पछि उनको जीवनभर कसैले सोध्ने धृष्टता गरेन। मौनमै अनुत्तरित रह्यो यो विषय, तर कर्मले स्वतः शिद्ध भैसकेको छ।
(राजा वीरेन्द्रको सम्झनामा यो बिस्तृत लेख हार्दिक श्रद्धाञ्जली स्वरुप समर्पित गरिएको छ।)