Advertisement Banner
Advertisement Banner

०५ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

समस्याग्रस्त सहकारीको लेना रकमबारे अनलाइन मागदाबी पेश गर्न आह्वान

०५ आइतबार , जेठ २०८२९ महिना अगाडि

समस्याग्रस्त सहकारीको लेना रकमबारे अनलाइन मागदाबी पेश गर्न आह्वान

समस्याग्रस्त घोषित ६ वटा सहकारी संस्थाका बचतकर्ता, सदस्य र साहुलाई लेना रकमको अनलाइन मागदाबी पेश गर्न आह्वान गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आज सार्वजनिक सूचना निकालेर यस्तो आह्वान गरेको हो ।

समितिले काठमाडौंको नयाँ बजारस्थित आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था र सम्बद्ध तपाईं हाम्रो बहुउद्देश्यी सहकारी संस्था, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, घुदुङ बहुउद्देश्यीय सहकारी संस्था र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ता, सदस्य र साहुलाई आफ्नो लेना रकमको अनलाइन मागदाबी आवेदन पेश गर्न आह्वान गरेको छ ।

बचतकर्ताहरुले आगामी ३५ दिनभित्र अनलाइन मागदाबी आवेदनमार्फत सप्रमाण दाबी पेश गर्नुपर्ने कार्यालयले जनाएको छ । सूचनामा भनिएको छ, ‘सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफूले पाउनुपर्ने रकमको यस समितिको वेबसाइटमा गई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अनलाइन मागदाबी आवेदनमार्फत सप्रमाण दाबी पेश गर्नुहुन जानकारी गराइन्छ ।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको गत चैत १९ गतेको निर्णयबाट ती सहकारी संस्था समस्याग्रस्त घोषित भएका थिए । समस्याग्रस्त घोषित सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी कार्य समितिले गर्दै आएको छ ।