Advertisement Banner
Advertisement Banner

१९ आइतबार, जेठ २०८२30th May 2025, 11:39:34 am

आज सगरमाथा संवादकाे समापन हुँदै

०५ आइतबार , जेठ २०८२१४ दिन अगाडि

आज सगरमाथा संवादकाे समापन हुँदै

नेपालकाे संघीय राजधानी काठमाडौंमा जारी सगरमाथा संवादकाे आज समापन हुँदैछ । जेठ २ गतेदेखि सुरू भएकाे उक्त संवादकाे तेस्रो तथा अन्तिम दिन आज पौने १२ बजे समापन हुने भएकाे हाे ।  

आज समापन हुनलागेकाे समारोहमा तीन दिनसम्मको छलफलको निष्कर्षसहित घोषणा पत्र मिडीया ब्रिफिङ मार्फत जानकारी दिइने सगमाथा संवाद सचिवालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिएका छन् । तीन दिनसम्म चलेकाे संवादमा सुरूका दिन ४, हिँजाे दाेश्राे दिन ८ र आज तेस्रो तथा अन्तिम सत्रमा १२ वटा विषयमा संवाद गर्ने कार्यक्रम तय गरिएको थियाे ।

नेपालले अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना गरेकाे सगरमाथा संवादमा सहभागी ३५ जना पाहुनालाई सगरमाथा संवाद सचिवायले आज बिहान माउन्टेन फ्लाइट गराएको छ । उक्त  माउन्टेन फ्लाइटमा ६ जना विभन्न देशका मन्त्रीसहित ३५ जना सहभागी रहेकाे संवाद सचिवालयले जनाएकाे छ ।