Advertisement Banner
Advertisement Banner

०५ आइतबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

महानगरपालिकाे सीप मेला २०८२ का लागि आवेदन माग

०४ शनिबार , जेठ २०८२१८ घण्टा अगाडि

महानगरपालिकाे सीप मेला २०८२ का लागि आवेदन माग

काठमाडौं महानगरपालिकाले जेठ ७ गतेदेखि सञ्चालन गर्न लागेकाे सीप मेला २०८२ का लागि आवेदन आह्वान गरेको छ । विभिन्न १० क्षेत्रका ३४ विधासँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने मेलका लागि आवेदन आह्वान गरेको हाे ।

महानगरले सीप मेला २०८२ काे तयारी गर्दै आवेदन आह्वान गरेको सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिएका छन् । त्यस्तै सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गर्ने तयारी रहेको समेत बताइएकाे छ ।

महानगरले यसवर्ष २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखेकाे र १८ वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई तालिममा सहभागी गराइने तयारी रहेकाे छ । आईसिटी क्षेत्रमा डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अव्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआइ) र यसको प्रयोग (एआइ एण्ड इट्स एप्लिकेसन) गरी पाँच विधाका तालिम हुनेछन् ।

त्यसैगरि स्पेसल एबिलिटी सपोर्ट स्किल इलेक्ट्रिक्स, गार्मेन्ट, निर्माण, हस्पिटालिटी, अटोमोबाइल्स, कृषि र सौन्दर्यकमीका लागि समेत तालिम सञ्चालन हुने महानगरले जनाएकाे छ ।