Advertisement Banner
Advertisement Banner

०५ आइतबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

राष्ट्रिय बीमा कम्पनीको विभिन्न पदमा दरखास्त आह्वान

०३ शुक्रबार , जेठ २०८२२ दिन अगाडि

राष्ट्रिय बीमा कम्पनीको विभिन्न पदमा दरखास्त आह्वान

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको छ । खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि कम्पनीले एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

कम्पनीले आन्तरिकतर्फ व्यवस्थापक (तह ९), सह व्यवस्थापक (तह ८), नायव व्यवस्थापक (तह ७), सहायक व्यवस्थापक (तह ६) र सहायक ‘क’ (तह ५) पदका लागि विज्ञापन खुलाएको र तह ९ र तह ६ मा एक–एक तथा अन्य पदमा २-२ जनाका लागि दरखास्त आह्वान गरिएको सुचनामा बताइएको छ ।

खुला प्रतियोगितातर्फ पनि नवौं तहको व्यवस्थापक पदमा मधेशी समूहबाट १ जना र आठौं तहको सह व्यवस्थापक पदमा खुला र दलित समूहबाट १–१ जनाका लागि विज्ञापन खुला गरिएको छ भने आठौं तहमै चार्टर्ड एकाउन्टेन्ट, सातौं तहको नायव व्यवस्थापक, सातौं तहको कानुन अधिकृत,  छैटौं तहको सहायक व्यवस्थापक, पाँचौं तहको सहायक ‘क’ र चौथो तहको सहायक ‘ख’ पदमा दरखास्त आह्वान गरेको हो ।

त्यसैगरी कार्यसम्पादन मूल्यांकनमार्फत बढुवाका लागि ११ औं देखि पाँचौ तहसम्मका विभिन्न पदहरूमा पनि दरखास्त आह्वान गरिएको छ भने योग्यता पुगेका इच्छुक नेपाली नागरिकले जेठ २ गतेदेखि जेठ २२ गतेसम्म आवेदन दिन सक्ने छन् । त्यस्तै दोब्बर दस्तुर तिरेर जेठ २९ गतेसम्म आवेदन दिन सकिने पनि कम्पनीले जनाएको छ ।