Advertisement Banner
Advertisement Banner

०५ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

साउदीबाट कामविहीन नेपालीलाई स्वदेश फर्काउन पहल थालियो

०३ शुक्रबार , जेठ २०८२९ महिना अगाडि

साउदीबाट कामविहीन नेपालीलाई स्वदेश फर्काउन पहल थालियो

साउदी अरेबियाको जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउनका पहल थालिएको छ । नेपाली राजदूतावास साउदी अरेबियाले जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनी टाट पल्टिने अवस्थामा पुगेपछि उक्त कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउन पहल थालिएको हो ।

नेपाली राजदूतावासले कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको बताइएको छ । उक्त कम्पनीमा कार्यरत ४ सय ६९ नेपाली नागरिकमध्ये केहीले तलबभत्ता उपलब्ध गराउन र नेपाल फिर्ता तथा अन्य कम्पनीमा स्थानान्तरणका लागि नेपाली राजदूतावासलाई पहल गरिदिन अनुरोध गरेका थिए ।

कामदारको आग्रहपछि राजदूतावासले समस्या समाधानका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको र नेपाल फर्कन चाहनेको हकमा बहिर्गमन भिसाका लागि साउदी सरकारको सम्बन्धित श्रम कार्यालयलाई आवश्यक कागजातसमेत पठाइसकिएको नेपाली दूतावासले जनाएको छ । साथै, समस्यामा परेका नेपालीलाई खाना, आवास र स्वास्थ्यसम्बन्धी समस्या परेमा राजदूतावासमा सम्पर्क गर्न समेत भनिएको छ ।

नेपाल फर्कन चाहनेको हकमा बाँकी सेवा सुविधा प्राप्त गर्ने कानुनी आधार पूरा गरी फर्काउने तथा साउदी अरबका अन्य कम्पनीमा स्थानान्तरण भई रोजगार गर्न चाहनेका लागि आवश्यक प्रक्रियालाई सहजीकरण गर्न साउदी सरकारको श्रम मन्त्रालय र सम्बन्धित अन्य निकायहरूमा भएका वार्ता तथा छलफल सकारात्मक रूपमा अगाडि बढेको पनि राजदूतावासले जानकारी गराएको छ ।