Advertisement Banner
Advertisement Banner

०५ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

ताप्लेजुङमा तीन गतेदेखि हराएकी युवती मृत फेला

०३ शुक्रबार , जेठ २०८२९ महिना अगाडि

ताप्लेजुङमा तीन गतेदेखि हराएकी युवती मृत फेला

ताप्लेजुङमा तीन दिनदेखि हराएकी युवती मृत फेला परेकी छन् । ताप्लेजुङको मैवाखोला गाउँपालिका-१,खानीटोल चित्रेकी २४ वर्षीया युवती वर्षा तामाङ मृत फेला परेकी हुन् ।

वैशाख ३० गतेदेखि हराएकी युवती तामाङको शव खानीटोलस्थित जंगलमा फेला परेको बताइएकाे छ । जंगलमा मृत भेटिएकी युवतीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको वडा नं. १ का वडा अध्यक्ष चन्द्र तामाङले जनाएका छन् ।