
नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले इन्डियन आयल कर्पाेरेशनबाट मूल्य घटेर आएकाले घटाउने निर्णय गरेकाे हाे ।
नेपाल आयल निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले घटाएको छ । योसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको १५७ र डिजेल र मट्टीतेलको १४२ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोलको १५६, डिजेल र मट्टीतेलको १४१ रुपैयाँ पर्नेछ ।
त्यसैगरि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीगञ्जमा भने पेट्रोलको १५४ रुपैयाँ ५० पैसा, डिजेल र मट्टीतेलको १३९ रुपैयाँ ५० पैसा पर्नेछ ।