
आज बिहान काठमाडौंको सतुङगलमा विधुत् सर्ट भएर आगलागी भएको छ । चन्द्रागिरि नगरपालिका–११, सतुङगल चोकस्थित कपडा पसल तथा कम्प्लेक्समा विधुत् सर्ट हुँदा आगलागी भएको हाे ।
बिहान ५ : २५ बजे विधुत् सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी पछि ६ वटा दमकल १५ वटा पानीकाे ट्यांकरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगलागी नियन्त्रणमा लिएका छन् ।
बिहानदेखि लागेकाे आगाे दुई घण्टापछि नियन्त्रणमा आएको बताइएकाे छ । आगलागी घटनाकाे विवरण आउन बाँकी रहेको र प्रहरीले क्षतिको विवरण संकलन गरि रहेको प्रहरी प्रभाग बलम्बुले जनाएको छ ।
त्यस्तै हिजो बिहान काठमाडौंको मखन टाेलमा भिषण आगालागि हुँदा एक जना महिलाको ज्यान गएको थियो भने दुई घर पूर्णरुपमा जलेर नष्ट भएको थियाे ।