
गएराति झापामा हावाहुरीले घर भत्काउँदा एक जनाको मृत्यु भएकाे छ । हावाहुरीले झापाको हल्दिबारी गाउँपालिका–५, त्रिवेणी चोकमा घर भत्काउँदा ६५ वर्षका मानबहादुर मगरको मृत्यु भएको हाे ।
हावाहुरीले घर भत्काउँदा घरमा सुति रहेका मगरलाई घारको बिमले थिचेर मृत्यु भएको प्रहरीले जनाएकाे छ । टिनको छाना भएको टाडेघरमा सुति रहेकाे बेला हावाहुरीले घर भत्काएकाे थियाे ।