Advertisement Banner
Advertisement Banner

१९ आइतबार, जेठ २०८२30th May 2025, 11:39:34 am

करेन्ट लागेर दुईको मृत्यु, एक घाइते

०१ बुधबार , जेठ २०८२१८ दिन अगाडि

करेन्ट लागेर दुईको मृत्यु, एक घाइते

मोरङमा हाइटेन्सन लाइनको करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–३, मिर्चा डाँगी टोलमा हाइटेन्सन लाइनको करेन्ट लाग्दा ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा स्थानीय ३० वर्षीया राधाकुमारी सिंह सामान्य घाइते भएकी छन् । हिँजो वैशाख ३० गते राति रतुवामाई नगरपालिका–३, मिर्चा डाँगी टोलमा विवाह घरमा नाचगान चलिरहेको बेला माइक राख्नका लागि हाइटेन्स लाइन नजिकै हरियो बाँस गाडिएको र हावाहुरीले बाँस ढलेर हाइटेन्सन लाइनमा ठोक्किदा करेन्ट लागेको बताइएको छ ।

प्रहरीका अनुसार स्थानीय मंगललाल सिंहको छोरा निरजकुमारको विवाहमा नाचगान गरिरहेका बेला ३ जनालाई करेन्ट लागेकोमा जसमध्ये दुई जनाको मृत्यु भएको हो । राति ८ बजे आएको हावाहुरीले बाँस ढलेर हाइटेन्सन लाइनमा ठोक्किएको थियो ।

उक्त बाँसले हाइटेन्सन लाइनमा छुँदा बिहे घरमा रहेका तीन जनालाई करेन्ट लागेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।