Advertisement Banner
Advertisement Banner

०५ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

एकै दिन १९५ फरार प्रतिवादीलाई पक्राउ

०१ बुधबार , जेठ २०८२९ महिना अगाडि

एकै दिन १९५ फरार प्रतिवादीलाई पक्राउ

प्रहरीले पर्साबाट एकै दिन १ सय ९५ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रहरी टोलीले मंगलवार विभिन्न मुद्दाका १ सय ९५ फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रहेका अदालतबाट फैसला भई दण्ड, जरिवाना तिर्न बाँकी फरार प्रतिवादीलाई विशेष प्रहरी टोलीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी किशोर लम्सालका अनुसार पक्राउ परेका प्रतिवादीलाई पर्सा जिल्ला अदालतमा दाखिला गरिएको बताइएको छ ।