Advertisement Banner
Advertisement Banner

१९ आइतबार, जेठ २०८२30th May 2025, 11:39:34 am

खोप छुटेका बालबालिकालाई पुन: खोप लगाईदै

०१ बुधबार , जेठ २०८२१८ दिन अगाडि

खोप छुटेका बालबालिकालाई पुन: खोप लगाईदै

यसअघि नियमित खोप कार्यक्रममा खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज पुन: खोप लगाईदै छ । स्वास्थ्य सेवा विभागले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज पुन: खोप सेवा दिन लागेको हो ।

विभागले नियमित खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अनुरोध गर्दै बालबालिकालाई विद्यालय भर्ना हुन खोपकार्ड अनिवार्य गरेको छ । विभागले खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकालाई वैशाख ३१ गते खोप लगाउने तयारी गरे अनुसार खोप लगाउन लागिएको हो ।

त्यस्तै महाशाखाको खोप शाखा प्रमुख डा. अभियान गौतमले विगतमा खोप लगाउन छुट भएका बालबालिकालाई आज नजिकैको स्वास्थ्य संस्थाबाट छुट खोप लगाउने सेवा भएकाले छुटेका ५ वर्ष मुनिका बालबालिकालाई देशैभरका सरकारी स्वास्थ्य संस्थाहरूबाट खोप लगाउन आग्रह समेत गरेका छन् ।

हालसम्म खोप लगाउन छुटेका ७९ हजार बालबालिकाले खोप लगाएको र ५ वर्ष मुनिमा करिब २० प्रतिशत बालबालिका नियमित खोप कार्यक्रम अन्तर्गत खोप लगाउन छुट्ने गरेको सरकारको आकलन रहेको छ ।