Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

मखन टोलमा भीषण आगलागी, एकजनाको मृत्यु

०१ बुधबार , जेठ २०८२एक बर्ष अगाडि

मखन टोलमा भीषण आगलागी, एकजनाको मृत्यु

काठमाडौँ महानगरपालिका-२४, मखनटोलमा भएकाे आगलागीमा परि एक महिलाको ज्यान गएको छ । ग्याँस लिक भएर कच्ची घरमा आगलागी हुँदा सँगैको पक्की घरमा समेत आगलागी भएको हो ।

आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको तर पहिचान नखुलेको बताइएकाे छ । आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले पक्की घरमा पनि आगो लागेको छ ।

मखन टोलको दयाराम श्रेष्ठको घरमा ग्याँस लिक भएर एक्कासी आगो लागेको प्रहरीले जनाएकाे छ । अहिले आगो निभाउन काठमाडौं र ललितपुर महानगरका दमकलसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, महानगर प्रहरी, स्थानीय खटिएका छन् ।