
कुलेखानी–कलंकी–हुमाने सडकखण्ड जेठ २ गतेदेखि २० गतेसम्म १९ दिन बन्द हुने भएकाे छ । उक्त सडकखण्डमा कालोपत्रेकाे काम हुने भएकाले बन्द हुने भएकाे हाे ।
हेटौंडादेखि काठमाडौं जोड्ने छाेटाे दुरीकाे कुलेखानी–कलंकी–हुमाने सडकखण्ड यहि आउँदो जेठ २ गतेदेखि कालोपत्रे गर्न लागिएको हाे । उक्त सडकखण्ड कालोपत्रे गर्न लागिएकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै बन्द गर्न लागेकाे हाे ।
जसअनुसार जेठ २ गतेदेखि २० गतेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रुपमा बन्द गरिने बताइएकाे छ । पूर्वाधार विकास कार्यालय हेटौँडाको अनुरोधमा इन्द्रसरोबर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडकखण्ड कालोपत्र गर्न लागिएकाले कालोपत्रेको काम सम्पन्न नहुञ्जेलसम्मका लागि बाटो बन्द गर्न लागिएको हाे ।
सडक कालोपत्रेको काम सम्पन्न नहुञ्जेलसम्म उक्त मार्ग हुँदै हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्नुपर्ने सवारी साधनलाई अन्य वैकल्पिक मार्ग अथवा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडकको प्रयोग गर्न अनुरोध गरिएकाे छ ।