Advertisement Banner
Advertisement Banner

१९ आइतबार, जेठ २०८२30th May 2025, 11:39:34 am

नारायण खतिवडाको शब्द सिर्जना रहेको गीत ‘स्वार्थी संसार’ सार्वजनिक

३० मंगलबार , बैशाख २०८२१९ दिन अगाडि

नारायण खतिवडाको शब्द सिर्जना रहेको गीत ‘स्वार्थी संसार’ सार्वजनिक

संगीतकार नारायण खतिवडाको शब्द सिर्जना रहेको गीत ‘स्वार्थी संसार’ बोलको गीत सार्वजनिक भएको छ । डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको उक्त गीतमा वरिष्ठ संगीतकार लक्ष्मण शेषको संगीत सिर्जना एवं मधुर स्वरका धनी स्वरुपराज आचार्यको आवाज रहेको छ ।

लामो समयपछिको अन्तरालमा वरिष्ठ संगीतकार लक्ष्मण शेष यो गीतमार्फत पुनरागमन भएका हुन् । जुन साङ्गीतिक क्षेत्रका लागि खुशीको कुरा हो । ‘स्वार्थी संसार’ गीतलाई नमस्ते नेपाल डिजिटल स्टुडियोबाट युट्युबमा र विभिन्न अन्तर्राष्ट्रिय अडियो तथा भिडियो प्लेटफर्ममार्फत अपलोड गरिएको छ ।

वास्तविक घटनामा आधारित एवं बहुसंख्यक मानिसहरूले समयक्रममा कुनै न कुनै अनुभव र घटना भएको भाव र सन्देश गीतमा रहेको छ । आजभोलि मानिसहरु आफ्नो स्वार्थको लागि जे पनि गर्न तयार हुने, लाभ र फाइदा लिने तर आफ्नो लुकेको स्वार्थ पूरा भएपछी कुल्चेर हिँड्ने प्रवृत्तिलाई गीतमा प्रस्तुत गरिएको छ ।

संगीतकार नारायण खतिवडाको यसअघि पनि दर्जनौँ गीत बजारमा आइसकेका छन् । सम्झनाका पाइलाहरु नामक गीति संग्रहमा उनको एक सय नौ वटा गीत समावेश छन् भने स्वदेश छोडी, मनका कुरा, विन्दास, देखुँदेखुँ, सन्देश पु¥याइदेउ, मेरो कथा, चोखो चोखो बोलका दर्जनौँ गीत बजारमा रहेका छन् । गीत, कविता, मुक्तक र समसामयिक लेख रचना विधामा कलम चलाउँदै आएका खतिवडा सरकारी सेवामा सक्रिय छन् ।

सामाजिक परिवेश, वर्तमान परिस्थिति, समसामयिक घट्ना, प्रेम, वियोग तथा राष्ट्र र राष्ट्रियता पक्षलाई कलात्मक, रचात्मक तथा सन्देशमूलक भावसहित साहित्यमा उतार्न श्रष्टा उनको पछिल्लो सिर्जना ‘स्वार्थी संसार’ पनि एउटा उदाहरणीय गीत बनेको छ ।

खतिवडाको शब्द रचना, लक्ष्मण शेषको मौलिक संगीत सिर्जना र स्वरका धनी गायक स्वरूपराज आचार्यको गायनको त्रिपक्षीय संयोग मिलेको यो गीतले संगीतको दुनियाँमा अलग्गै छाप छोड्ने अपेक्षा सर्जकको छ ।