Advertisement Banner
Advertisement Banner

१९ आइतबार, जेठ २०८२30th May 2025, 11:39:34 am

अवरुद्ध सडक सञ्चालनको लागि सांसदहरुले गराए सरकारको ध्यानाकर्षण

३० मंगलबार , बैशाख २०८२१९ दिन अगाडि

अवरुद्ध सडक सञ्चालनको लागि सांसदहरुले गराए सरकारको ध्यानाकर्षण

काभ्रेमा बाढीको कारण सडक अवरुद्ध हुँदा समस्या परेकाले अवरुद्ध सडक सञ्चालनको विषय संसद्‍मा उठेको छ । आजको प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै समय लिएर सांसद सूर्यमान दोङले अवरुद्ध सडक सञ्चालनको लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

काभ्रेमा हिँजो सोमबार भीषण वर्षासंगैको बाढीले बगाएर एकजना महिला बेपत्ता भएको र सडक, पानी र आलु खेतीमा क्षेती पुगेको थियो । बाढीका कारण सडकहरु अवरुद्ध भएका छन् भने सिन्धुली र काभ्रेको सिमानामा ५०औं बिरामी, एम्बुलेन्स, यातायात लगायत रोकिएको छ ।

आजको प्रतिनिधिसभाको बैठक बोल्दै सांसद दोङले सिन्धुली र काभ्रेको सिमानामा बिरामीहरू रोकिएको बताए । उनले भने ‘सिन्धुली र काभ्रेको सिमानामा ५०औं बिरामी, एम्बुलेन्स, यातायात लगायत रोकिएका छन् ।’

त्यसैगरी सांसद लेखनाथ दाहालले पनि गत असोजमा गएको बाढीले पुर्‍याएको क्षतिपछि पुनर्निर्माणमा सरकारले ध्यान दिन नसक्दा वर्षा नलाग्दै समस्या आउन थालेको बताएका थिए । उनले पुनर्निर्माणमा सरकारले तत्काल बजेट व्यवस्थापन गर्न आग्रह गर्दै यसअघि गएको बाढीपछिको व्यवस्थापन उचित तवरले गर्न नसक्दा समस्या भएको बताएका छन् ।