Advertisement Banner
Advertisement Banner

०५ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

शताब्दीपुरुष जोशीको सालिक अनावरण

३० मंगलबार , बैशाख २०८२९ महिना अगाडि

शताब्दीपुरुष जोशीको सालिक अनावरण

वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको १०६औँ जन्मजयन्तीका अवसर पारेर उनको सालिक अनावरण गरिएको छ । आज ललितपुर महानगरपालिका कार्यालय परिसरको अग्रभागमा रहेको झनाख्य मेट्रो पार्कमा उनको अर्धकदको सालिक अनावरण गरिएको हो ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जोशीको सालिक अनावरण गर्दै स्वर्गीय जोशी मुलुककै गहना भएको उल्लेख गरेका छन् । प्रमुख महर्जनले शताब्दीपुरुष जोशी जीवित छँदै उहाँको इच्छाअनुसार धेरै कामहरु सम्पन्न गरेको पनि जानकारी गराएका छन् ।

महानगरप्रमुख महर्जनले भने, “जीवितै रहँदा जनताको छोराका नाममा टकमारी, हुलाक टिकट प्रकाशन भएको पहिलो इतिहास हो, एक सय वर्ष प्रवेश गर्दा विशाल जनसागरसहित बग्गीमा राखेर महानगर परिक्रमा गराएका थियौँ, आगामी दिनहरुमा पनि उहाँको योगदानलाई उजागर गर्न वार्षिक बजेटमा समावेश गरेर अन्य कार्यक्रम गर्छौं, यसका लागि उहाँको घरपरिवार र यहाँका जातीय समुदायको सहयोग आवश्यक छ ।”

त्यसैगरी महानगरप्रमुख महर्जनले जोशीको इच्छाअनुरूप उहाँद्वारा लिखित ‘वैद्य बा’ चलचित्र आजदेखि लबिम मलमा प्रदर्शनमा ल्याइएको समेत जानकारी गराएका छन् । विक्रम संवत् १९७७ वैशाख ३० गते जन्मनुभएका जोशीको २०७९ असोज ३० गतेका दिन १०३ वर्षको उमेरमा निधन भएको थियो ।