
ताप्लेजुङको कञ्चनजंघा हिमाल आरोहणको क्रममा एक फ्रान्सेली महिलाको मृत्यु भएको छ । आरोहणको क्रममा ६३ वर्षीया मार्गेटा मोरिङको मृत्यु भएको हो ।
फ्रान्सेली महिला वैशाख २६ गते आरोहणमा गएकोमा वैशाख २७ गते राति ११ बजे ८ हजार मिटरको उचाइमा पुगेपछि मृत्यु भएको बताइएको छ । आरोहीको मृत्यु भएको जानकारी प्रहरीलाई सोमबार मात्रै आएको थियो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक रोहिकुमार शर्माका अनुसार सिरीजंघा गाउँपालिका–८ स्थित कञ्चनजंघा हिमालको दक्षिणी धारबाट आरोहणमा गएकी उनको मृत्यु भएको र शव अहिले पनि घटनास्थलमै रहेको बताइएको छ ।
आरोहीको ८ हजार मिटरको उचाइमा पुगेपछि श्वासप्रश्वासमा समस्या आउँदा मृत्यु गाइडले बताएको प्रहरीले जनाएको छ । दुईजना फ्रान्सेली नागरिक र गाइड योगेन्द्र तामाङसँग कञ्चनजंघा आरोहणमा गएका थिए ।