Advertisement Banner
Advertisement Banner

१९ आइतबार, जेठ २०८२30th May 2025, 11:39:34 am

काभ्रेमा भीषण वर्षा, बाढीमा परी एकजना बेपत्ता

३० मंगलबार , बैशाख २०८२१९ दिन अगाडि

काभ्रेमा भीषण वर्षा, बाढीमा परी एकजना बेपत्ता

काभ्रेपलान्चोक जिल्लाको पनौतीमा परेको भीषण वर्षाको कारण आएको बाढीमा परि एकजना बेपत्ता भएका छन् । बाढीले बगाउदा पनौती नगरपालिका ५, सुब्बा गाउँकी २८ वर्षीया रेनुका गिरी वेपत्ता भएकी हुन् ।

मेला गएर फर्किने क्रममा खोलामा आएको बाढीले बगाएको रेनुकाको आज बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी सहितको टोली परिचालित गरी खोजिकार्य भैरहेको छ ।

पनौतीको वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९, १० मा हिँजो भीषण वर्षा भएको र वर्षाका कारण उक्त वडाहरुमा ठूलो क्षति भएको बताइएको छ । यसअघि गत वर्षको असोजमा पनि त्यस्तै खालको वर्षा र बाढी आएको थियो ।

उक्त बाढी पछी अस्थायी रुपमा निर्माण गरिएका खानेपानीका पाइप, अस्थायी बाटो अहिलेको बाढीले बगाएको छ भने खन्ने बेलाको आलु खेतहरू डुबेको स्थानीयले बताएका छन् ।